राजीनामा दिए लगत्तै सरकारी आवास छोडेर महेन्द्रनगर लागे रावल

कैलाली सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका राजेन्द्रसिंह रावलले अझै सरकारी आवास पनि छाडेका छन् ।

प्रदेश सभामा सम्बोधन पछि राजीनामा बुझाउन सरकारी सवारीमै प्रदेश प्रमुख कार्यालय पुगेका रावल राजीनामा बुझाएर निजी गाडीमा सरकारी निवास फर्किएका थिए । सरकारी निवासबाट उनी अझै महेन्द्रनगर स्थित आफ्नो निजी निवासमा लागे ।

एमाले माओवादी नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले आज विश्वासको मत लिन संसदमा सम्बोधन गरेका थिए । आजको बैठकमा नागरिक उन्मुक्तिका ७ सांसद सहभागी थिएनन् ।

विश्वासको मत लिने प्रस्तावलाई बहुमत सदस्यहरूले अस्वीकार गरे पछि विश्वासको मत नलिएरै रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए ।

आजै प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधरा ३ अनुसार सबै भन्दा ठुलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमल शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।


२६ माघ २०७९, बिहीवार २०:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु