punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाममा सासू कुट्नेलाई तीन महिना कैद

Chaupati
safha napa

अछाम जिल्ला अदालतले ५३ वर्षीया सासू कुटपिट घटनामा संलग्न दुई बुहारीलाई तीन महिना कैद फैसला सुनाएको छ।

पञ्चदेवल विनायक नगरपालिका–६, तोलीका धर्मा न्यौपाने र देवीसरा न्यौपानेलाई कैद, क्षतिपूर्तिको फैसला सुनाइएको हो। अदालतका स्रेस्तेदार शङ्करप्रसाद खनालका अनुसार पीडित जयसरा न्यौपानेलाई अपमान तथा अमानवीय व्यवहार गरेको भन्दै दुवै बुहारीलाई ५०/५० हजार रुपियाँ क्षतिपूर्तिको फैसलासमेत भएको छ।

भदौ ८ गते दुई बुहारीले जयसरालाई कुटपिट गरिरहेको भिडियो पीडितका नातिले फेसबुकमा हालेपछि सोही आधारमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको थियो। अछाम प्रहरीले भदौ २० गते अपमान तथा अमानवीय व्यवहारमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। अछाम जिल्ला अदालतले दुवै जनालाई जनही ५० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

पीडित जयसरालाई कुटपिट गरिरहेको भिडियो खिचेर फेसबुकमा हाल्ने पीडितका नाति ११ वर्षीय दीपेन्द्र न्यौपानेलाई भदौ १० गते जिल्ला प्रहरी कार्यालयले सम्मानित गरेको थियो। सूचना उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका भएको भन्दै बालकलाई सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री रणबहादुर रावलबाट सम्मानित गरिएको थियो।

बन्चरो प्रहार गरेर पत्नीको बीभत्स हत्या गरेको आरोपमा पक्राउ परेका सोही नगरपालिका–७, पुल्लेतोलाका पदम कामीलाई २५ वर्ष कैद र एक लाख रुपियाँको क्षतिपूर्तिको फैसला सुनाइएको छ। पत्नी मान्म कामीलाई साउन ११ गते राति हत्या गरेको भन्दै आफन्तले प्रहरीमा खबर गरेपछि पीडक फरार रहेका थिए। हत्यापछि फरार रहेका पदमलाई साउन २४ गते कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजारबाट पक्राउ गरिएको थियो। पीडक भदौ १६ गतेबाट पुर्पक्ष थुनामा रहेका थिए।


२२ माघ २०७९, आइतवार ०७:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु