punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली पुगेका राष्ट्रिय योजना आयोगका सदस्य फुँयालले प्रदेश सरकारलाई भने -उद्योगमा योगदान दिनुपर्छ

Chaupati
safha napa

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले सुदूरपश्चिम प्रदेश सरकारले कृषिमा बढी योगदानगरेको बताउँदै कृषिको योगदानलाई घटाएर उद्योगतर्फ बढाउनुपर्ने सुझाव दिएका छन् ।
शनिबार कैलालीको घोडाघोडी नगरपालिका –१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको नवौं क्याम्पस सभाको उदघाटन गर्दै योजना आयोगका सदस्य फुँयालले सुदूरपश्चिम प्रदेशको आँकडा झण्डै ४० प्रतिशत योगदान कृषिमा रहेको बताउँदै समग्रमा २७ प्रतिशतमा झार्नुपर्ने बताएका हुन् र
‘उद्योगमा १५ प्रतिसत मात्र योगदान गरेको छ, त्यसलाई बढाएर १९ प्रतिशत पुगाउने र कृषिलाई ४० प्रतिशतबाट घटाएर २७ प्रतिशत झार्नुपर्ने सुझाव राष्ट्रिय योजना आयोगको छ’ उनले भने ।

१५ आर्थिक आवधिक योजनाअनुसार सुदूरपश्चिम प्रदेशको आर्थिक आवधिक योजनामा ११ प्रतिशत हासिल गर्ने भनिए पनि अहिलेसम्मकोे आँकडामा ६ प्रतिशत मात्र आर्थिक वृद्धिदर छ । कृषि, उद्योग र सेवा क्षेत्रलाई ध्यान दिएर योजना बनाउँदा दिगो आर्थिक विकास हुने सदस्य फुँयालले बताए । उनले उद्योगसँगै सुदूरपश्चिमको आर्थिक वृद्धिका लागि अर्को सम्भाव्य क्षेत्र पर्यटनसमेत रहेको उल्लेख गरे ।

लामो समय योजना आयोगमा रहेर सुदूरपश्चिम प्रदेशको गतिविधिलाई हेर्दा पहिलाभन्दा विकासमा फड्को मारेको उल्लेख गर्दै कार्ययोजनाको प्रगति हेर्दा गरिबी अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा बढी नै रहेको छ ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष विष्णुप्रसाद सापकोटाको सभाध्यक्षतामा सम्पन्न क्याम्पस सभा कार्यक्रममा प्रदेश सभासदस्य खुशीराम चौधरी, रामेश्वर चौधरी, नगरप्रमुख खडकबहादुर रावतलगायतको उपस्थिति थियो ।


१४ माघ २०७९, शनिवार २०:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु