punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा अटो दुर्घटना, एक जनाको मृत्यु, दुई जना घाइते

Chaupati
safha napa

महेन्द्रनगर। पुनर्वास नगरपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन्। आज पुनर्वास नगरपालीका– ५ सिम्रीस्थित धनगढि–बेलौरी हुलाकी सडकमा म १ ह ८२४ नम्बरको अटो अनियन्त्रित भई  पल्टिदा ३ जना  घाइते भएका थिए।

घाइते मकवानपुरको हेटौडा उपमहानगरपालिका–१ का ३१ वर्षीय सरोज रिमालको मृत्यु भएको हो। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए।

उनका अनुसार अटोमा सवार रामेछापको सिन्धुलि नगरपालिका–११ का १८  वर्षीया सबिना घिमिरे र महोत्तरीको बर्दिवास नगरपालिका–४ का २२ वर्षीय शुशिल बुढाथोकि घाइते छन्।  दुबै जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


१४ माघ २०७९, शनिवार १५:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु