‘अवतार २’ले विश्वभरबाट कमायो २ बिलियन डलर, बन्यो धेरै कमाउने छैटौं फिल्म

काठमाडौं । प्रदर्शनको ६ सातामै जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार स् द वे अफ वाटर’ले विश्व बक्स अफिसमा दुई बिलियन डलरको आँकडा पार गरेको छ । यो कमाइसँगै ‘अवतार २’ विश्व फिल्मको इतिहासमा सर्वाधिक कमाउने छैटौं र कोरोना महामारीपछि यो उपलब्धि हासिल गर्ने पहिलो फिल्म बनेको छ ।

सन् २००९ मा रिलिज भएको ‘अवतार’को पहिलो श्रृंखलाको धेरै कीर्तिमानलाई अहिलेसम्म कसैले उछिन्न सकेको छैन । अवतार, एभेन्जर्स स् एण्डगेम, टाइटानिक, स्टारवार्स स् द फोर्स अवेकन्स र एभेन्जर्स स् इन्फिनिटी वार सर्वाधिक कमाउने पाँच फिल्म हुन् । दुई बिलियन डलर क्लबमा प्रवेश गर्नेमा निर्देशक क्यामरुनका मात्रै तीन फिल्म छन् ।

‘अवतार’ श्रृंखलामा नेटिरी चरित्रमा अभिनय गरेकी जोय साल्दानाका मात्र चार फिल्म दुई बिलियन डलर क्लबमा प्रवेश गरेका छन् । रिलिजअघि नै निर्देशक क्यामरुनले लगानी उठाउन पनि फिल्मले दुई बिलियन डलर कमाउनैपर्ने बताएका थिए । तर विश्लेषकहरुका अनुसार १।५ बिलियन डलर कमाइबाट फिल्मले लगानी उठाइसकेको छ ।

आगामी दिनमा अवतार २ ले चौथो र पाँचौ स्थानमा रहेका दुई ठूला फिल्महरु ‘स्टार वार्स स् द फोर्स अवेकन्स ९२।०७ बिलियन डलर० र एभेन्जर्स स् इन्फिनिटी वार ९२।०४ बिलियन डलर०को कमाइलाई उछिन्ने प्रक्षेपण गरिएको छ । १३ वर्षअघि रिलिज भएको ‘अवतार’ले २।९ बिलियन डलर कमाएको छ । दोस्रो स्थानमा रहेको एभेन्जर्स स् एण्डगेमले २।७९ बिलियन डलर र टाइटानिकले २।१९ बिलियन डलर कमाएका थिए ।

पुस १ गते रिलिज भएको अवतार २ ले नेपाली बक्स अफिसमा पाँच सातासम्म साढे ९ करोड रुपैयाँ ग्रस कमाएको छ । यो कमाइसँगै अवतार २ नेपाली बक्स अफिसमा सर्वाधिक कमाउने हलिउड फिल्म समेत बनेको छ ।


९ माघ २०७९, सोमवार १२:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु