punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्रीले शपथ लिएको साता बित्दा पनि मन्त्रिपरिषद् विस्तार भएन

Chaupati
safha napa

धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र रावल नियुक्त भएको एक साता पुगेको छ। तर उनले मन्त्रिमण्डल विस्तार गर्न भने सकेका छैनन्।

गत पुस २८ गते पद तथा गोपनीयताको सपथ लिने क्रममा उनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट र नेकपा एमालेकी सन्तोषकुमारी शर्मा थापालाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए।

तर, त्यसयता मुख्यमन्त्रीले विना विभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिन सकेका छैनन् भने अन्य मन्त्री पनि नियुक्त गर्न सकेका छैनन्।

मुख्यमन्त्री रावलले विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने देखिएको छ। मन्त्रिमण्डल विस्तार गर्न मुख्यमन्त्री रावलले केन्द्रको निर्देशन कुरिरहेको देखिन्छ। सोही विषयमा छलफल गर्न उनको नेतृत्वमा एक टोली काठमाडौं जान लागेको छ।

मुख्यमन्त्री रावलसहितको टोली काठमाडौं जान लागेको बताउँदै एक प्रदेश सभा सदस्यले भने, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरी प्रदेश मन्त्रिमण्डल विस्तार तथा विश्वासको मत लगायतका विषयमा छलफल हुनेछ।

आफ्ना माग र मुद्दा पूरा हुनुपर्ने अडान राखिरहेका नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीसहित सोही दलका प्रदेश सभा सदस्यहरू पनि काठमाडौं जान लागेका छन्। उनीहरूले कारागारमा रहेका रेशम चौधरीसँग भेटघाट गर्नेछन्।


५ माघ २०७९, बिहीवार १२:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु