punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीकी ईश्वरी न्यौपानेले गरिन् कांग्रेसबाट सभामुखमा उम्‍मेदवारी दर्ता

Chaupati
safha napa

नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराएकी छिन् । बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएकी हुन् ।

उनको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् ।

यसअघि कांग्रेस, एकीकृत समाजवादी र लोसपाका शीर्ष नेताको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा बसी न्‍यौपानेलाई सभामुखमा उम्‍मेदवार बनाउने निर्णय गरेको थियो ।

यता, सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराइसकेका छन् ।

न्यौपाने कैलाली टीकापुरकी हुन् ।

अघिल्लो पटक पराजित उनी यस पटक समानुपातिक मार्फत सांसद भएकी हुन् ।


४ माघ २०७९, बुधवार १७:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु