punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा आज पनि चयन भएनन् सभामुख, कसैको पुगेन बहुमत

Chaupati
safha napa

कैलाली ।
सभामुखका दुबै उम्मेदवारले बहुमत पाउन नसकेपछि आज पनि सुदूरपश्चिम प्रदेशले सभामुख पाउन सकेन । यहाँ माओवादी केन्द्रबाट भीम भण्डारी र नेपाली काङ्ग्रेसबाट मनाबहादुर रावल सभामुखका उम्मेदवार छन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमत पाउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १९, माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७ नेकपा एकीकृत समाजवादी ४ राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् ।

सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्तिले पनि मत दिएको भए माओवादीका भण्डारीको २९ मत हुन्थ्यो ।तर, विशेष समयमा बोल्दै नागरिक उन्मुक्तिका प्रमुख सचेतकले आफूहरूको माग सम्बोधन नभएको भन्दै कतै मत नदिने बताएका थिए । नागरिक उन्मुक्ति पार्टीले पक्ष र विपक्ष दुबैमा मत दिएनन् ।

नागरिक उन्मुक्तिको ७ मत नपाउँदा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २२ मत मात्रै पाए ।
उता कांग्रेसका उम्मेदवार रावलले आफ्नो पार्टी, नेकपा एकीकृत समाजवादी गरि २२ मत पाएका हुन् । यहाँ कांग्रेस र नेकपा एकीकृत समाजवादीका गरि २३ जना सांसद छन् । ज्येष्ठ सदस्य शिवराज भट्टले सभा चलाइरहेको हुँदा उनले मत दिन पाएनन् र कांग्रेसका रावलले २२ मत मात्रै पाए ।

यस अघि बिहीबार पनि दुबै उम्मेदवारले बहुमत जुटाउन सकेका थिएनन् । बिहीबार नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनलाई मत दिएको थियो । एक मत बदर हुँदा र दुई सांसदले मत दिन नपाएपछि भण्डारी सभामुख हुनबाट चुकेका थिए ।


३० पुस २०७९, शनिवार १९:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु