सुनको भाउ प्रतितोला ४०० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँ घटेर प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको हो । यसैगरी यसअघि प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँ रहेको तेजावी सुन आज १ लाख ३ हजार रुपैयाँमा झरेको छ ।
यता, चाँदीको भाउमा पनि गिरावट आएको महासंघले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३९० रुपैयाँ रहेको चाँदी आज मंगलबार भने एक हजार ३६५ रुपैयाँ रहेको छ ।
२६ पुस २०७९, मंगलवार ११:३५ बजे प्रकाशित































