भारतमा बस दुर्घटना : ज्यान गुमाएका कैलालीका तीन जनाको सनाखत
भारतको गुजरातबाट लखनउतर्फ आइरहेको बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका हुन् ।
ज्यान गुमाउनेको सनाखत भइसकेको छ । प्रहरीकाअनुसार टीकापुर नगरपालिका–१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहरा रहेको मृत्यु भएको छ ।
दुर्घटनामा ज्यान गुमाउने अर्का व्यक्ति भने भारतीय चालक हुन् । अन्य १७ जना घाइते भएका छन् । बस लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो । बस दुर्घटनाको कारण खुलेको छैन ।
२५ पुस २०७९, सोमवार ११:०६ बजे प्रकाशित






























