punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको कप्तानी रावलले गर्ने

Chaupati
safha napa

विन्दु रावलको कप्तानीमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताका लागि टोलीको घोषणा गरेको छ ।सुदूरपश्चिम प्रदेश क्रिकेट संघले रावलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नवौं राष्ट्रिय खेलकुदमा पुलिस टोलीबाट खेलेका कविता कुँवर,सम्झना खड्का,ईश्वरी बिष्ट,कविता कुँवर,रेवती धामीले सुदूरको टोलीमा पुनरागमन गरेका छन् ।आगामी पुस २९ गतेबाट ईटहरीमा आयोजना हुने यस प्रतियोगितामा सुदुरको पहिलो खेल उद्घाटनको दिन नै बागमती प्रदेशविरुद्ध रहेको छ ।

प्रतियोगिताको ७ माघमा फाईनल खेल रहेको छ ।प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०र२० हजार पाउनेछन् । प्रतियोगितामा प्रत्येक खेलका ुप्लेयर अफ द म्याचुले ३ हजार प्राप्त गर्नेछन् ।

पुस २९ बाट सुरु हुने यस प्रतियोगितामा ८ टोलीको सहभागीता रहने छ । प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय टोलीको सहभागीता रहने छ । जनता क्रिकेट पार्कमा हुने यस प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गराईएको छ ।२ समूहका विजेता र उपविजेता सेमिफाईनल प्रवेश गर्ने छन् । प्रतियोगितामा १८ खेल आयोजना हुने छन् ।

May be an image of text


२५ पुस २०७९, सोमवार ०७:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु