punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

Chaupati
safha napa

शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले घट्दै १ लाख २ हजार ३ सय रुपैयाँमा झरेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै घट्दै १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा २० रुपैयाँले घट्दै आज एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।


२२ पुस २०७९, शुक्रवार ११:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु