फूलबारीमा सालको गोलिया सहितको ट्याक्टर पक्राउ

कैलाली । धनगढी उपमहानगर पालिका न वडा १४ फूलबारीमा रहेको भारताल साझेदारी बनको बकतैया ताल छेउ बाट ६थान सालको गोलिया सहित ट्याक्टर पक्राउ गरिएको छ।

सब डिभिजन वन कार्यालय फूलबारी र भारताल साझेदारी बनको संयुक्त गएको गस्ती टोलिने भारताल साझेदारी बन भित्र रहेको बकैया तालको छेउमा काठ लुकाइ छिपाइ ल्याउदै गरेको अवस्थामा  बरामद गरेको हो।

No description available.
गस्ती टोलिने विशेष सुराकी आधार ट्याक्टर समात्यो भने मान्छे फरार भयको सब डिभिजन वन कार्यालय फूलबारीका प्रमुख लोक राज दाहाल ले जानकारी दिए ।

बरामद गरिएको काठ र ट्याक्टर सब डिभिजन बन कार्यालय फूलबारी मा राखिएको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको छ ।

No description available.


२१ पुस २०७९, बिहीवार ११:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु