punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा नव निर्वाचित सांसदको शपथ १५ गते

Chaupati
safha napa
कैलाली । सुदूरपश्चिमका नव निर्वाचित प्रदेश सभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण आगामी १५ गते हुने भएको छ ।  प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै आगामी १५ गते १ः३५ मा प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण हुने जनाएको हो ।
१५ गते प्रदेश प्रमुख देव राज जोशीले पहिले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ ग्रहण गराउने छन् । त्यस लगत्तै रावलले प्रदेशका अन्य ५२ जना प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् ।
यस पटक प्रदेशमा मात्रृभाषामा पनि शपथ ग्रहण गर्ने व्यवस्था गरिएको प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले जानकारी दिए । उनका अनुसार त्यसको लागि सांसदले ३ दिन भित्र प्रदेश सभालाई जानकारी दिनु पर्ने छ ।

९ पुस २०७९, शनिवार १३:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु