punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाकालीमा भारतको बलमिच्याइँ, नदीको धार बदल्नेगरी फेरि थाल्यो तटबन्ध निर्माण

Chaupati
safha napa

दार्चुलास्थित महाकाली नदीमा भारतीय पक्षले नदीको धार परिवर्तन गर्ने गरि फेरि तटबन्ध निर्माणको काम अगाडि बढाएको छ।

भारतीय पक्षले एकलौटी तरिकाले बलमिच्याइँ गरेर महाकाली नदीको धार नेपालतिर फर्काउने गरि तटबन्ध निर्माणको काम गरिरहेको हो।

बिहीबार महाकाली नगरपालिका–४ बांगाबगर क्षेत्रमा महाकाली नदी फर्किने गरि भारतीय पक्षले तटबन्ध निर्माणको काम गरेको स्थानीय अमन बोहराले बताए।

‘भारतीय पक्षले दादागिरी गर्दै नदी हाम्रोतिर फर्काउने गरि काम गरिरहेको छ, हामीले प्रशासनलाई खबर गरेका छौँ’ उनले नेपालखबरसँग भने, ‘महाकाली बिचबाट बग्ने गरि काम गर्नु पर्छ।’

भारतले एकपक्षीय ढंगले नदीको धार परिवर्तन गर्ने गरि तटबन्ध बनाउन थालेपछि स्थानीयले विरोध गरेका छन्। आक्रोशित स्थानीयले शुक्रबार ढुङ्गामुढासमेत गरेका छन्।

नेपालीको विरोध पछि अहिले भारतीय पक्षले काम रोकेको बोहराले बताए। तटबन्ध निर्माणको क्रममा दार्चुलामा तनाव हुने गरेको छ। यसअघि पनि महाकाली वारि र पारीका नागरिकबीच ढुङ्गा हानाहान नै भएको थियो।

यो घटनामा ७ जना नेपाली नागरिक विरुद्ध भारतमा जाहेरी नै परेको छ।

भारतीय पक्षले तटबन्ध निर्माणका क्रममा विवाद भएपछि केही साता अगाडि नेपाल र भारतका स्थानीय प्रशासनबीच छलफल भएको थियो। सो छलफलमा महाकाली नगरपालिका–४ रिङे ताल क्षेत्रमा महाकालीको धार नेपालतिर फर्काउने गरि बनाइएको संरचना १० दिनभित्र हटाउन भारतीय पक्ष सहमत भएको थियो।

तर सो समय घर्केको लामो समय बितिसक्दा पनि भारतीय पक्षले संरचना हटाएको छैन। विवादित क्षेत्रमा तत्काल काम अगाडि नबढाउने र दुवै देशका स्थानीय प्रशासन अधिकारीबीच छलफल पश्चात् सो प्रक्रियामा जाने सहमति भएको थियो। तर भारतीय पक्षले फेरि महाकाली नेपालतिर फर्किने गरि बांगाबगर क्षेत्रमा तटबन्ध बनाइरहेको हो।

भारतीय पक्षले तटबन्ध निर्माण गर्न महाकालीमा संरचना बनाएर महाकालीको पानी नेपालतिर धकेल्ने खोजेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन्।

भारतीय पक्षले हटाउने भनेको संरचना पूर्ण रुपमा नहटाएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले बताइन्।

‘महाकाली नेपालतिर फर्किने गरि काम भएको भन्दै स्थानीय आक्रोशित छन्, यो कामको विरोध गरेका छन्, ढुङ्गामुढा प्रहार भएको जानकारी आएको छैन’ उनले भनिन्, ‘त्यहाँ सुरक्षाकर्मी खटाइएको छ।’


८ पुस २०७९, शुक्रवार २०:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु