punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा हँसियाले हानेर सालाको हत्या गर्ने भिनाजुले आत्मसमर्पण गरे

Chaupati
safha napa
कैलालीमा हँसिया प्रहार गरेर सालाको हत्या गर्ने ५० वर्षीय गौरीलाल ढुङ्गानाले आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक  वेदप्रकाश जोशीले ढुङ्गाना आफैँ इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएको पुष्टि गरे ।
ढुङ्गानाले मंगलबार जोशीपुर गाउँपालिका ६ कुमारीबागका ३३ वर्षीय पदमराज भण्डारीको हँसिया प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । भण्डारी र ढुङ्गानाबिच साला–भिनाजुको नाता पर्दछ ।
उनको हँसिया प्रहारबाट सोही ठाउँका ४० वर्षीय अर्का साला जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

२२ मंसिर २०७९, बिहीवार ०८:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु