punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नरसिंह हत्या प्रकरणमा थप ३ जना पक्राउ

Chaupati
safha napa

दार्चुलामा नरसिंह विष्टको हत्या आरोपमा थप ३ जना पक्राउ परेका छन्।

जिल्लाको व्यास गाउँपालिका–४ का ४० वर्षीय विष्टको हत्या आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको हो।

व्यास गाउँपालिका–४ का ४३ वर्षीय झुनसिंह विष्ट, ५६ वर्षीय संग्रामसिंह विष्ट र ४३ वर्षीय मोहन विष्टलाई बुधबार पक्राउ गरिएको दार्चुला प्रहरीले जनाएको छ।

यसअघि मंसिर १२ मा प्रहरीले २५ वर्षीय दिपक विष्टलाई पनि पक्राउ गरेर सार्वजनिक गरेको थियो। अहिले विष्टसहित सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

‘केही दिनअघि दिपक विष्टलाई पक्राउ गरेका थियौं। उनको बयान र केही कुरा सोधपुछ गर्नुपर्ने भएकोले थप ३ जनालाई नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौं।’

नरसिंह मंसिर ३ गते बेपत्ता भएका थिए। भोलिपल्ट (मंसिर ४ गते) उनी मतदान गर्न नआएपछि स्थानीयले खोजी गर्दा उनको शव खोलामा भेटिएको थियो।

उनी दार्चुला सदरमुकाम खलंगामा होटल सञ्चालन गर्दै आएका थिए। उनी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मत हाल्न गाउँ गएका बेला घटना भएको थियो।

उनकी पत्नी र ४ जना नाबालक छोरीसमेत छन्। हत्या आरोपमा प्रकाउ परेका आरोपी पनि उनकै गाउँले हुन्।


२२ मंसिर २०७९, बिहीवार ०६:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु