punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लागूऔषधसहित दुई जना पक्राउ

Chaupati
safha napa

अवैध लागूऔषध ब्राउन सुगरसहित बर्दियाबाट दुई जना पक्राउ परेका छन् । मंगलबार बढैयाताल गाउँपालिका- २ फुटाहाबाट १४ ग्राम ६३० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको प्रहरी चौकी जमुनीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- २ का २४ वर्षीय दीपेन्द्र बूढा र सोही नगरपालिका-९ लाटीकोईलीका २२ वर्षीया कृपा बोहरा रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको भे. ५ प ६२०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई अवैध लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।


२१ मंसिर २०७९, बुधवार १६:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु