महाकाली नदीमा पुरुषको शव भेटियो
कञ्चनपुरमा महाकाली नदीमा पुरुषको शव भेटिएको छ । भीमदत्त नगरपालिका–९ को बन समिति भुमरीघाटस्थित महाकाली नदीको किनारमा डडेल्धुराको परशुराम नगरपालिका–६ का ४९ वर्षीय गोरे धामीको शव भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले मंसिर १५ गते परशुराम नगरपालिकाको सिसिम झाला घाटबाट बेपत्ता भएका धामीको शव मंगलबार साँझ नदीमा भेटिएको जानकारी दिए ।
उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको गिरीले बताए ।
२० मंसिर २०७९, मंगलवार २१:३७ बजे प्रकाशित































