विश्वकपः अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा
दुईपटकको विजेता अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ। शनिबार राती भएको प्रिक्वाटरफाइनल भिडन्तमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ गोलले हरायो। अर्जेन्टिनाको जितमा लियोनल मेस्सी र जुलियान अल्भारेजले गोल गरे।
खेलको ३५ औँ मिनेटमा मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। उनले आफैले सृजना गरेको मुभमा डीबक्सभित्रबाट सेकेन्ड बार च्यापेर गोल गरे। जारी विश्वकपमा मेस्सीको यो तेस्रो गोल हो। उनले क्लब र राष्ट्रिय टोलीका लागि गरि एक हजारौँ खेलमा गोल गरेका हुन्। अल्भारेजले ५७ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए।
७७ औँ मिनेटमा अस्ट्रेलियाले एक गोल फर्काएको थियो। अस्ट्रेलियन खेलाडीले प्रहार गरेको बल अर्जेन्टिनाका इन्जो फर्नान्डेजलाई डिफ्लेक्ट भएर गोल भएको थियो। अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्ने छ।
जारी विश्वकपका सुरुका दुई खेलमा एक एक गोल गरेका मेस्सीको विश्वकप गोल संख्या ९ पुगेको छ। उनले डीएगो म्याराडोना, क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीलाई पछाडि पारेका छन्।
१८ मंसिर २०७९, आइतवार ०७:०९ बजे प्रकाशित































