निर्वाचनमा दुई दिन बिदा दिन निजी क्षेत्रसँग सरकारको आग्रह
निजी क्षेत्रसँग सरकारको आग्रह निर्वाचनमा दुई दिन बिदा दिन
सरकारले मंसिर ४ र ५ गते २ दिन बिदा दिन निजी कार्यालयहरुलाई आग्रह गरेको छ । निर्वाचनलाई लक्षित गर्दै २ दिन सार्वजनिक बिदा दिन निजी प्रतिष्ठान
उद्योग कलकारखाना तथा कार्यालयहरूलाई सरकारले आग्रह गरको छ ।गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएकोले निजी क्षेत्रले पनि सो दिन सार्वजनिक बिदा दिएर निर्वाचन प्रक्रियामा सघाउन अनुरोघ गरिएको छ।
२ मंसिर २०७९, शुक्रवार १०:४७ बजे प्रकाशित






























