एकदिवसीय श्रृङखलाको उपाधिका लागि यूएईसँग प्रतिस्पर्धा गर्दै नेपाल

घरेलु मैदानमा आज नेपालले यूएईसँग एकदिवसीय श्रृङखलाको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

नेपाल र युएईबीचको यस खेल सिरिजको निर्णायक खेलको रुपमा रहेको छ । तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ । यसअघि  बुधबार भएकाे दाेस्राे खेलमा नेपाल ३ विकेटले  विजयी भएकाे थियाे ।


२ मंसिर २०७९, शुक्रवार ०७:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु