मौन अवधिमा अछाम पुग्दै गरेका रावल भन्छन्- मत दिन जाँदै छु, प्रचार प्रसार गर्न पाइँदैन

पार्टीले अछाम १ बाट प्रतिनिधि सभाको टिकट नदिएपछि रुष्ट भएको एमाले नेता भीम रावल अहिले गृह जिल्ला अछाम जाँदै छन् ।

मौन अवधि सुरु हुने दिनै गृह जिल्ला जाँदै गरेका रावलले आफू मत दिन मात्रै अछाम जान लागेको बताए । ‘म अछाम जाँदै छु’ उनले  भने ‘अहिले बाटोमा छु ।’

‘अछाम पुगेपछि पार्टीको प्रचार प्रसारमा लाग्नुहुन्छ ?’  प्रश्नमा उनले भने, ‘मैन अवधि सुरु भएपछि पुग्छु । प्रचार प्रसार गर्न पाइँदैन ।’

अछाम पुगेपछि पनि कुनै उम्मेदवारलाई भेट्ने कार्यक्रम नरहेको उनले स्पष्ट पारे । अहिले अछाम १ मा नेकपा एमालेले झपट बोहरालाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता तथा बहालवाला श्रम तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुवर उम्मेदवार छन् ।

घिल्लो पटक भीम रावल प्रतिनिधि सभामा निर्वाचित हुँदा हालका एमाले उम्मेदवार बोहरा प्रदेश सभामा विजयी भएर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए भने नेकपा एसका हालका उम्मेदवार एमालेबाटै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।


१ मंसिर २०७९, बिहीवार ०९:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु