punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका सीमा नाकाहरू तीन दिनका लागि बन्द हुने

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका सीमा नाकाहरू तीन दिनका लागि बन्द हुने भएका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहीत वातावरणमा सम्पन्न गर्न मंसिर १ गते राति १२ बजेदेखि सीमा नाका तीन दिन बन्द गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गरेर मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सीमा नाका बन्द हुने सूचना अधिकारी शिबराज जोशीले जानकारी दिए।

अन्तर्राष्ट्रिय नियमानुसार नै चुनावको समयमा सीमा नाका बन्द गर्ने गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । सुदूरपश्चिम प्रदेशसँग कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला गरी पाँच जिल्ला भारतसँग सीमा नाका जोडिएका छन् ।

कैलालीको गौरीफन्टा र खक्रौला, कञ्चनपुरको बेलौरी, गड्डाचौकी र ब्रहमदेव, डडेधुराको पर्शुराम, बैतडीको झुलाघाट, पञ्चेश्वर र शिवनाथ, दार्चुलाको खलंगालगायतका सीमा नाका जोडिएका छन् । पाँचै जिल्लाका प्रशासन अधिकारीहरूले सीमासँग जोडिएका भातीय पक्षसँग सहकार्यका लागि सम्बाद भैसकेको बताइएको छ ।


२९ कात्तिक २०७९, मंगलवार १४:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु