punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा ३४ जनाले बुझाए हातहतियार

Chaupati
safha napa

बाजुरामा ३४ जनाले हातहतियार बुझाएका छन्। जिल्ला प्रशासन कार्यालय बाजुराले आफूसँग भएका इजाजतप्राप्त हातहतियार ३५ दिनभित्र बुझाउन भन्दै गत असोज १४ गते सूचना जारी गरेको थियो।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई सुरक्षित एवं भरपर्दो बनाउन जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियारहरु कात्तिक ५ गतेभित्र बुझाउन सूचनामार्फत भनिएको थियो। सोही अनुसार जिल्लाभरिमा ३४ जनाले मात्र हातहतियार बुझाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

निर्धारित समयमा हातहतियार नबुझाउनेहरुसँग फेरि हातहतियार फेला परेमा कानुन बमोजिम कारबाही गरिने प्रहरी कार्यालयले बताएको छ।


१७ कात्तिक २०७९, बिहीवार १६:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु