punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रतिनिधि सभा निर्वाचन : कुन जिल्लामा कतिले दिए उम्मेदवारी ?

Chaupati
safha napa

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा बढी उम्मेदवारी काठमाडौं जिल्लामा परेको छ । निर्वाचन आयोगका अनुसार काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २५७ जनाको उम्मेदवारी परेको छ ।

देशका ७७ जिल्लामा परेको कुल उम्मेदवारीको १०.६५ प्रतिशत हिस्सा काठमाडौं जिल्लाले ओगटेको छ । १६५ सीटको लागि हुने प्रतिनिधि सभा निर्वाचनमा २ हजार ४१२ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २ हजार १८७ जना पुरुष र २२५ जना महिला रहेका छन् ।

आयोगको तथ्याङ्क अनुसार काठमाडौंपछि ठूलो संख्यामा उम्मेदवारी परेका प्रमुख ९ जिल्लामा क्रमसः मोरङ, धनुषा, सुनसरी, झापा, रुपन्देही, सिराहा, बारा, सप्तरी र सर्लाही रहेका छन् ।

मोरङमा १०५, धनुषामा १०१, सुनसरीमा ९४, झापामा ९४, रुपन्देहीमा ८८, सिराहामा ८७, बारामा ७७, सप्तरीमा ७० र सर्लाहीमा ६९ जनाले उम्मेदवारी दिएका छन् ।

सबैभन्दा कम संख्यामा उम्मेदवारी परेका जिल्लामा क्रमसः हुम्ला, मनाङ, मुस्ताङ, जुम्ला, मुगु, डोल्पा, बाजुरा, रोल्पा, जाजरकोट, डोटी, रुकुम पश्चिम र रुकुम पूर्व रहेका छन् ।

आयोगका अनुसार हुम्लामा ३, मनाङमा ३, मुस्ताङमा ४, जुम्लामा ५, मुगुमा ५, डोल्पामा ५, बाजुरामा ५, रोल्पामा ५, जाजरकोटमा ६, डोटीमा ६, रुकुम पश्चिममा ६ र रुकुम पूर्वमा ६ जनाको उम्मेदवारी परेको छ ।

यस्तै रौतहटमा ६७, महोत्तरीमा ६७, ललितपुरमा ६३, चितवनमा ५५, पर्सामा ५३, कपिलवस्तुमा ५०, कैलालीमा ४८, कास्कीमा ४६, दाङमा ४३, भक्तपुरमा ४०, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ३६, बाँकेमा ३६, काभ्रेपलाञ्चोकमा ३३, कञ्चनपुरमा ३२, उदयपुरमा २८, धादिङमा २८, नुवाकोटमा २८, सिन्धुपाल्चोकमा २७, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २७ र मकवानपुरमा २६ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

तनहुँमा २५, इलाममा २५, स्याङ्जामा २४, गुल्मीमा २३, पाल्पामा २३, रामेछापमा २२, गोरखामा २२, सिन्धुलीमा २१, दोलखामा २१, बर्दियामा १८, सुर्खेतमा १७, पाँचथरमा १५, दैलेखमा १३, बागलुङमा १३, संखुवासभामा १२, भोजपुरमा १२, पर्वतमा १२, अर्घाखाँचीमा ११, अछाममा ११, ताप्लेजुङमा ११, बैतडीमा ११, लम्जुङमा ११, तेह्रथुममा १०, रसुवामा १०, दार्चुलामा ९, म्याग्दीमा ९, डडेल्धुरामा ८, सोलुखुम्बुमा ८, खोटाङमा ८, ओखलढुंगामा ८, बझाङमा ७, धनकुटामा ७, प्युठानमा ७, सल्यानमा ७ र कालिकोटमा ७ जनाले उम्मेदवारी दिएका छन् ।


३० असोज २०७९, आइतवार १४:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु