कैलाली-५ मा एमालेको उम्मेदवारी दर्ता
कैलाली- ५ मा नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नारदमुनी रानाले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै प्रदेशसभा (क) मा नेपालु चौधरीले उम्मेदवारी दर्ता गरेको छन् भने (ख) मा दुर्गा जोशीले उम्मेदवारी दर्ता गरेका छन् ।
तीनै जनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर आज उम्मेदवारी दर्ता गराएका हुन्। रानाले २०७४ मा कैलाली ५ बाटै कांग्रेस नेतृ डा आरजु राणालाई पराजित गरेका थिए ।
२३ असोज २०७९, आइतवार १५:११ बजे प्रकाशित































