punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेता भीम रावलको प्रष्टोक्ति- म सम्पर्कविहीन भन्नु हास्यास्पद

Chaupati
safha napa

नेकपा एमालेका नेता भीम रावलले आफू पार्टीको सम्पर्कमा नरहेको भन्ने कुरा हास्यास्पद रहेको बताएका छन् । ट्वीटरमा एक अभिव्यक्ति सार्वजनिक गर्दै उनले यस्तो उल्लेख गरेका हुन् ।

केही दिनअघि एमाले सुदूरपश्चिमका नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएका थिए । त्यो टोलीलाई अध्यक्ष ओलीले रावल पार्टीको सम्पर्कमा नरहेको भनेर भनेको भन्ने कुरा सार्वजनिक भएको थियो ।

नेता रावलले ट्वीटरमार्फत त्यसै कुराको खण्डन गरेका हुन् । उनले लेखेका छन्, ‘म पार्टीको सम्पर्कमा नरहेको भन्ने के हो भनी धेरै पत्रकारले प्रश्न गर्नुभयो । म अछाम प्रतिनिधिसभा क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रूपमा सहभागी भएँ । योबारे जिल्ला इञ्चार्ज र अध्यक्षलाई जानकारी गराएको थिएँ । म सम्पर्कविहीन भन्नु हास्यास्पद ।’


१३ असोज २०७९, बिहीवार १२:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु