punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अवैध समान बरामद

Chaupati
safha napa

धनगढीस्थित सशस्त्र प्रहरी बलको ३४ नम्बर गण हेडक्वार्टरबाट खटिएको टोलीले १८ लाख मूल्य बढीको अवैध सामान सोमबार बिहान बरामद गरेको जनाएको छ ।

भन्सार छलेर अवैध रूपमा बोलेरो जिपमा भारतबाट ल्याइँदै गरेका किराना, कम्प्युटर पार्ट्स, लेडिज कपडा बेवारिसे अवस्थामा जिपसहित बरामद गरिएको गणपति धनबहादुर सिंहले बताए । कुल १८ लाख २२ हजार मूल्य बराबरका ती सामान भन्सार कार्यालय त्रिनगरमा बुझाइएको गणपति सिंहको भनाइ छ ।

दसैंलगायत मुख्य चाडबाडको बेला र भारतसँग सीमा छुट्याउने मोहना नदीमा पानीको बहाव घट्न थालेपछि विभिन्न मार्गबाट अवैध रूपमा सामान भित्र्याउने समूहहरू सक्रिय भएको सुरक्षाकर्मीहरूले बताएका छन् ।


१२ असोज २०७९, बुधवार ०८:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु