punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तारकेश्वरमा सुनचाँदी व्यवसायी लुटिए

Chaupati
safha napa

तारकेश्वर नगरपालिका- २ काभ्रेस्थली पदमसालमा एक सुनचाँदी व्यवसायी सोमबार साँझ लुटिएका छन् ।

पसल बन्द गरेर घर फर्कने क्रममा लुटेराको समूहले गोसाईकुण्ड सुनचाँदी पसलका सञ्चालकलाई कुटपिट गरेर २ तोला बराबरको सुनका गरगहना र ४५ हजार रुपैयाँ लुटेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका व्यवसायीलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो । उनको अहिले उपचार भइरहेको छ । घटनापछि फरार समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


११ असोज २०७९, मंगलवार १७:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु