punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा थप ५१ जनामा कोरोना संक्रमण, १०० जना निको

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा नेपालमा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनाको पीसीआर परीक्षणमा ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार २२३ जना सक्रिय संक्रमित रहेका छन् भने आइतबार १०० जना निको भएका छन् । जसमध्‍ये १ हजार १७४ जना होम आइसोलेसनमा रहेका छन् भने ४९ जना संस्थागत आइशोलेशन र ११ जना आईसीयूमा छन् ।


९ असोज २०७९, आइतवार १८:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु