श्रीमती हत्याको आरोपमा ६३ वर्षीय वृद्ध पक्राउ

श्रीमतीको हत्याको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउपर्नेमा दोलखा भीमेश्वर नगरपालिका–९ घर भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने ६३ वर्षीय घ्याल्मो लामा रहेका छन् ।

४७ वर्षीया श्रीमती रूपा क्षेत्रीको हत्या गरेको अभियोगमा लामालाई प्रहरीले पक्राउ गरेका हो ।

गोदावरी नगरपालिका–३ फुलचोकीस्थित जंगलमा सडेको अवस्थामा दिउँसो रूपाको शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न लामालाई पक्राउ गरेको हो ।

उनले १६ भदौमा दिउँसो श्रीमतीसँग वादविवाद भएको कारण डोरीले घाँटीमा बाँधेर हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।


२८ भदौ २०७९, मंगलवार १४:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु