डडेल्धुरामा डेंगुका बिरामी फेला

डडेल्धुरामा डेंगुका बिरामी फेला पर्न थालेका छन्। जिल्लाका ५ स्थानीय तहमा डेंगु फैलिएको स्वास्थ्य कार्यालयले जनाएको छ। अमगरढी नगरपालिका, अजयमेरु गाउँपालिका भागेश्वर, गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा डेंगीका बिरामी फेला परेका हुन्।

अहिलेसम्म डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा २८ जनामा डेंगु देखिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले बताए। उनका अनुसार २८ जनामध्ये १६ जना डडेल्धुराका छन् भने बाँकी ९ जना बैतडी र ३ जना डोटीका छन्।

 


२८ भदौ २०७९, मंगलवार १४:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु