वाइसीएलद्वारा दार्चुलाका बाढी पहिरो पीडितका लागि राहत सामग्री हस्तान्तरण

नेकपा माओवादी केन्द्रको युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसीएल) ले दार्चुलाका बाढी पहिरो पीडितका लागि राहत सामाग्री हस्तान्तरण गरेको छ । वाइसीएलका केन्द्रीय सचिव शिव बोगटीले बाढी पहिरो पीडित परिवारका लागि राहत सामग्री र नगद रु एक लाखको चेक हस्तान्तरण गरिएको बताए ।

सोमवार जिल्ला विपद् व्यवस्थापन समिति दार्चुलालाई राहत सामग्री र नगद चेक हस्तान्तरण गरिएको हो । बोगटीका अनुसार कम्बल १०० थान, टेन्ट सिट १६ थान, पिफर्म कार्पेट १ बन्डल, बाल्टिन २० थानका साथै नगद रु १ लाखको चेक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई हस्तान्तरण गरिएको छ ।

उक्त रकमसहित सामग्री जिल्ला विपद् व्यवस्थापन समितिले पीडित परिवारलाई वितरण गर्नेछ । राहत वितरणका लागि वाइसीएलका केन्द्रीय सचिव शिव बोगटी, केन्द्रीय सदस्य डबल खाती, बसन्त सिंह कार्की लगायत विभिन्न जिल्लाका जिल्ला कमिटी पदाधिकारी दार्चुला पुगेका थिए ।


२८ भदौ २०७९, मंगलवार ०८:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु