दार्चुलामा बाढी र पहिरो : थप एक शव फेला, १० जना अझै बेपत्ता

दार्चुलामा हाल सम्म बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यलय दार्चुलाका अनुसार मृत्यु हुनेमा नौगाड गाउँपालिका–२ का अन्दाजी ३० बर्षिया जानकी ठगुन्ना, १५ बर्षिया धनुली ठगुन्ना र ६० बर्षिय मोहन राम पार्की रहेका छन् यस्तै महाकाली नगरपालिकाका अन्दाजी ३५÷४० बर्षिया मानमती कार्की बर्ष ७७ का नन्दराम बोहराको ज्यान गएको हो । यस्तै एक जनाको पहिचान नखुलेको अवस्थामा सडेको शव फेला परेको छ । उक्त शव हिजोको नभएको प्रहरीको भनाई छ । खोजी गर्ने क्रममा उक्त शव फेला परेको हो ।

यस्तै हाल सम्म १० जना बेपत्ता भएका छन् भने ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय दार्चुलाका अनुसार गम्भीर घाइते हुनेमा नौगाड गाउँपालिका–१ सल्लाका गम्भीर घाइते ४५ वर्षीय बिरेन्द्र ठगुन्ना, वर्ष ४० वर्षीय जयबहादुर ठगुन्ना, ३५ वर्षीया फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षीया रम्भा देवी ठगुन्ना र ३० वर्षीय देव सिंह ठगुन्नालाई उद्दार गरी दार्चुला सदरमुकाम खलंगा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले बताए । बाढीपहिरोमा घाइते भएकाहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

यस्तै बाढी र पहिरोमा परी वेपत्ता हुनेहरुमा नौगाड गाउँपालिका–१ का ३५ वर्षीया चिमडी ठगुन्ना, सोही ठाउँका १५ वर्षीय महामरी ठगुन्ना, नौगाड–२ दल्लेकका ४० वर्षीय मनीराम लुहार, महाकाली नगरपालिका–४ का ४५ वर्षीय मोहन लुहार, सोही ठाउँकी ४० वर्षीया सरस्वती लुहार, महाकाली नगरपालिका–३ डुङरीका ५५ वर्षीय धन सिंह कार्की, उनका जेठा छोरा २० वर्षीय दिपक कार्की, १२ वर्षीय कान्छा छोरा दिनेश कार्की र महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षीया मानमती साहु रहेका छन् ।
दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पु¥याएको छ । प्रहरीका अनुसार करिब डेढ दर्जन घर बगेका छन् । हाल अहिले सम्म ४२ घर पुर्ण क्षति, आंशिक ९ र जोखिम ४० घर गरी जम्मा ९१ घरमा क्षती पुगेको छ । महाकाली नपा ६२ र नौगाड गापा २९ घरमामा क्षती पुगेको हो । हाल सम्म सम्म २६३ पशुचौपाया मरेका छन् ।
एक विद्यालय पुर्ण क्षति भएको छ भने एक बिधालय आंशिक क्षती भएको छ । विद्युत पावर हाउस १ पुर्ण रुपमा क्षति भएको छ ।

२ वटा झोलुङ्गे पुल र मोटरेवल पुल १ गरी जम्मा ३ पुर्ण क्षति भएको छ । यस्तै सवारी साधन तर्फ ६ जिप, १ कार, १ ट्याक्टर र १ जेसीवि गरी जम्मा ९ सवारी साधन वेपत्ता भएका छन् । बेपत्ता र घाइतेको उद्धार र खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

राहत सामाग्री बितरण गरिदै

घाइतेको उद्धार तथा राहत बितरणका लागि नेपाली सेनाको हेलिकोप्टर दार्चुला पुगेको छ । हेलिकोप्टरमार्फत राहत सामाग्री अहिले बितरण भइरहेको प्रहरी निरिक्षक जगत मगरले बताए । ‘उद्धारको काम सकेर अहिले राहत बितरणमा लागेका छौ, उनले भने बितरण टोली दार्चुला पुगेको छ ।,’ राहत वितरणका लागि मन्त्री दिलेन्द्रप्रसाद बडू नेतृत्वको टोली दार्चुला गएको हो ।

image

नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू, सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल र उद्योग, वन तथा वनमन्त्री मानबहादुर धामी दार्चुला पुगेका छन् । बाढीपहिरो पीडितका लागि तत्काल आवश्यक पर्ने त्रिपाल, खाद्यान्न र कम्बलहरु लगायतका राहत सामग्रीसहित लगिएको छ ।

No description available.
राहत सामग्री लिएर नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरु दार्चुला पुगेका हुन् । संघीय र सुदूरपश्चिम सरकारका साथै स्थानीय तहबाट समेत राहत र उद्धार कार्यका लागि पहल भइरहेको छ ।


२५ भदौ २०७९, शनिवार १९:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु