टी-२० लिग : मार्की सहित सात खेलाडीलाई १५ लाख

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने फ्रेन्चाइज लिग नेपाल टी-२० का ६ टिमको मार्की खेलाडी सार्वजनिक भएको छ ।

क्यानले शनिबार सहभागी ६ वटै टिमका मार्की खेलाडी सार्वजनिक गरेको हो । नेपाल टी २० को पहिलो संस्करणका लागि पोखरा एभेन्जर्सका आसिफ शेख, लुम्बिनी अल स्टारले दीपेन्द्रसिंह ऐरी, काठमाडौं कान्तिपुरले ज्ञानेन्द्र मल्ल, फार वेस्टर्न युनाइटेडले करण केसी, विराटनगर सुपरकिंग्सले रोहितकुमार पौडेललाई र जनकपुर रोयल्सले सोमपाल कामीलाई मार्की खेलाडी बनाएको छ ।

नेपाल टी २० असोज आठ गतेदेखि कार्तिक पाँच गतेसम्म हुने तालिका छ । क्यानका अनुसार मार्की खेलाडीले १५ लाख रुपैयाँ पाउनेछन् । यसबाहेक, ‘ए’ श्रेणीका सरद भेषवाकरलाई पोखराले १५ लाखमा अनुबन्ध गरेको छ ।


२५ भदौ २०७९, शनिवार १९:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु