१६३ जनामा कोरोना संक्रमण, १३० संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा १६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ७४६ परीक्षणमा १६३ जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार ७१८ पीसीआर परीक्षणमा ११२ जना र दुई हजार २८ एन्टिजेन परीक्षणमा ५१ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३० रहेको छ र पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ४३० रहेको छ ।

 

 


२५ भदौ २०७९, शनिवार १८:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु