४८७ कोरोना संक्रमित थपिए, १६४ निको, १ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ४८७ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरी बुधबार दिएको जानकारी अनुसार १ हजार ८०६ पीसीआर परीक्षणमा २४२ र ३ हजार ३७१ एन्टीजेन परीक्षणमा २४५ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा जम्मा ४ हजार १७७ परीक्षण भएको थियो । सोही अवधिमा निको हुनेको संख्या भने १६४ रहेको छ ।
बुधबार कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । बुधबारसम्म सक्रिय संक्रमितको संख्या ४ हजार २९८ रहेको छ ।२४ घण्टामा ३९ हजार ४४८ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
८ भदौ २०७९, बुधवार १७:१३ बजे प्रकाशित












