punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको भाउ ५०० रुपैयाँले घट्यो

Chaupati
safha napa

आइतबार सुनको भाउ ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर ९६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, आइतबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय २० रुपैयाँ कायम रहेको थियो ।


२२ साउन २०७९, आइतवार १२:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु