कैलाली प्रहरीको सूचना पछि मुम्बई उड्न लागेको जहाजबाट २ जना शङ्कास्पद व्यक्ति पक्राउ
कैलाली प्रहरीको सूचना पछि मुम्बई उड्न लागेको जहाजबाट २ जना शङ्कास्पद व्यक्ति पक्राउ परेका छन् । कैलाली प्रहरीको सूचना पछि मुम्बई उड्न लागेको जहाजबाट २ जना शङ्कास्पद व्यक्ति पक्राउ परेका हुन ।
श्रीमान् – श्रीमतीका रूपमा पहिचान खुलेका ती व्यक्ति कुनै आतङ्कवादी सङ्गठनमा रहेको भन्ने सूचना कैलाली प्रहरीले सीआईबीलाई पठाएको थियो ।
उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ । अहिले ढोका बन्द भएर उड्न लागेका बेला सीआईबीले अनुसन्धानका लागि जहाज रोकेको छ । जहाज उड्न अझै कम्तीमा २ घण्टा लाग्ने जनाइएको छ ।
१८ साउन २०७९, बुधवार १५:२४ बजे प्रकाशित













