डडेलधुरामा प्रहरीमाथि हातपात गर्ने २ जना पक्राउ

डडेलधुरामा प्रहरीमाथि हातपात गर्ने २ जना पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरेर प्रहरीमाथि हातपात गर्ने जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ५ का उत्तम बिष्ट र समसेर बिष्ट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक उमाकान्त जोशीका अनुसार दुवै जना डडेलधुरा अस्पतालमा मादक पदार्थ सेवन गरेर बिरामीको कुरुवा बस्न आएका थिए ।

अस्पतालमा होहल्ला गर्न थालेपछि प्रहरी टोलीले सम्झाउन खोज्दा प्रहरीमाथि नै हातपात गरेपछि दुवै जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनामाथि अभद्र व्यवहारमा मुद्दा चल्ने प्रहरी निरीक्षक जोशीले बताए ।

 


१८ साउन २०७९, बुधवार १४:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु