म्याग्दीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु, दुई जना घाइते

म्याग्दीमा पहिरोमा पुरिएर एकै घरका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका– २, रूमको तामेङमा मंगलबार बिहान करिब साढे ४ बजे खसेको पहिरोले एकै घरका जनाको मृत्यु मृत्यु भएको हो ।

दुई घर पहिरोमा परेकोमा एक घरका पाँच जनाको मृत्यु भएको र अर्को घरका दुई सदस्य घाइते भएको मालिका २ का वडाध्यक्ष उदयकुमार बुढाथोकीले जानकारी दिए ।

पहिरोमा पुरिएर ३८ वर्षीय घामबहादुर विक, उनकी श्रीमती ३४ वर्षीय राममाया विक, छोरा १५ वर्षीय नवीन विक, ३ वर्षीय छोरा राजन विक र ७ वर्षीय छोरी अस्मी विकको मृत्यु भएको म्याग्दीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

पहिरोमा परेका ६७ वर्षीय गोठे विक र उनकी श्रीमती ६२ वर्षीय गोरी विक घाइते छन् । ‘उहाँहरूलाई स्वास्थ्यचौकीमा राखिएको छ । पोखरा लैजाने भनेको मौसमले गर्दा हेलिकप्टर आउन सकेन,’ वडाध्यक्ष बुढाथोकीले भने ।

निरन्तर भइरहेको वर्षाले मुस्ताङ जाने सडकको ठाउँठाउँमा पहिरो खसेको छ ।


१७ साउन २०७९, मंगलवार १६:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु