सिसिटिभी फुटेज एक घण्टामै रिकभर गरिदिन्छु : रबि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले अर्थ मन्त्रालयको डिलिट भयो भनिएको सिसिटिभी फुटेज एक घण्टामै रिकभर हुने दाबी गरेका छन् । पार्टीको सुदूरपश्चिम प्रदेश भेलालाई शनिबार धनगढीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘चुनौतीका साथ भन्छु, मलाई १ घण्टाका लागि अर्थ मन्त्रालयको कम्प्युटरको हार्डडिस्क दिइयोस् ‘कस्तो कलरमा चाहिन्छ रु एचडी मा चाहियो कि फोरके रु रिभर गरेर सर्वसाधारणलाई देखाउन सकिनँ भने भन्नुहोला ।’ उनले भने ।
लामिछानेले प्रमुख प्रतिपक्षी एमालेले एम अधिकारीसँग सिसिटिभी फुटेज हराएको विषय साटेको आरोप समेत लगाएका छन् ।
‘यहाँ खोइ प्रतिपक्ष रु ’ उनले थपे, ‘अर्थ मन्त्रालयको सिसिटिभीको फुटेज डिलिट भएको विषय एम अधिकारीसँग साटफेर गर्ने पनि प्रतिपक्ष हुन्छ रु गठबन्धनलाई ठकबन्धन साबित गरेर हामीहरू ले यो बाटो लाई रोक्न जरुरी रहेको उनले बताए ।
‘सिंहदरबारमा गएर २४ घण्टामा २४ जनालाई ठेगान लगाउन सकिन्छ त्यो ग्यारेन्टी तपाईँहरू लाई म दिन चाहन्छु,’ उनले भने । हामीलाई सरकार चलाउन दिनुभयो भने हामी जनतालाई महसुस हुने गरेर सुशासान ल्याउन उनले बताए ।
देशमै रोजगारीको सिर्जना गर्न उद्देश्यका साथै आफूहरु आएको उनले दाबी गरे । देशको सबै भन्दा ठुलो समस्या भनेको भ्रष्ट्राचार रहेकाले भ्रष्ट्राचारलाई समाप्त गर्न आवश्यक रहेको उनको भनाइ छ ।
१४ साउन २०७९, शनिवार १७:०१ बजे प्रकाशित












