रवि लामिछानेको कार्यक्रममा मेयर हमालले भने– अब नेता होइन, जनता बदलिनुपर्छ

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले जनता स्वतन्त्र भएन भने विकास हुन नसक्ने बताएका छन् । जनताको पहिलो काम भनेकै आफू स्वतन्त्र हुनु रहेको उनले बताएका छन् ।

शनिबार धनगढीमा आयोजना गरिएको रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जबसम्म हामीले यो पार्टी र त्यो पार्टीको भनेर हटाउँदैनौ तब सम्म हामीले चाहेको जस्तो नेपाल नबन्ने मेयर हमालको भनाइ छ । ‘नागरिक जबसम्म स्वतन्त्र हुँदैन तब सम्म देशले काँचुली फेर्दैन, देशमा कुनै पनि खालको परिर्वन हुदैन त्यसैले नागरिक स्वतन्त्र हुन जरुरी छ,’ उनले भने ।

राजनीति फोहोरी खेल हो भन्नेहरूका लागि त्यसमा राम्रा मान्छे पनि आउनुपर्ने उनको भनाइ छ । हिलो सफा गर्न हिलोमै छिर्नुपर्ने उनले बताए । नेता बदलिने होइन अव जनता बदलिनुपर्ने उनको भनाइ छ । धनगढीका जनताले आफूलाई भोट दिएर स्वतन्त्र बस्नु पर्छ भन्ने सन्देश दिएको उनको तर्क छ ।

रवि लामिछाने आयो, दुई÷चार आउँछ कराउँछ जान्छ, भन्नेहरूका लागि यदि साँच्चीकै परिपर्वन चाहने हो भने आफ्नो सोच परिवर्तन गर्न आवश्यक रहेको उनले बताए ।

यदि अहिले पनि विकल्पको खोजी नगरे युवा पुस्ताको भविष्य सकिने उनको भनाइ छ । ‘यदि कुनै पनि सही मानीसले देश बनाउँछु भनेर लाग्छ र भ्रष्टाचार गर्दैन भन्छ भने उसले १० वर्षमै देश बनाउँछ, हामीले चाहेकै देश बन्छ,’ मेयर हमालले भने ।


१४ साउन २०७९, शनिवार १६:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु