थापापुर गाविस उपाध्यक्ष चौधरीको शालिक अनावरण
कैलालीको भजनी नगरपालिका वडा नम्बर ६ स्थित साविकको थापापुर गाविसका उपाध्यक्ष परशुराम चौधरीको शालिक अनावरण गरिएको छ ।
४० औं विपि स्मृति दिवसको पूर्व सन्ध्यामा शालिकको आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले बिहिबार एक समारोहका बिच अनावरण गरेका हुन् ।
सो अवसरमा बोल्दै मन्त्री रावलले शालिकको संरक्षणमा सबै लाग्नुपर्ने बताए । उनले विकासका लागि सबै सकारात्मक हुनुपर्ने बताए ।
६ नम्बर वडा अध्यक्ष रामसागर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व केन्द्रिय सदस्य चन्द्रसिंह भट्टराई, पूर्व संविधान सभा सदस्य बुद्धिसागर चौधरी, नेपाली कांग्रेश कार्यवाहक सभापति खेम चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । परशुराम शालिक प्रदेश सरकारको १५ लाख लगानीमा शालिक निर्माण विकास समितिले निर्माण गरेको थियो । परशुराम २०५८ साल माघ ४ गते साविकको गाउँ विकास समितिको कार्यालयमा हत्या गरिएको थियो ।
५ साउन २०७९, बिहीवार २०:२१ बजे प्रकाशित












