टावर लाइटमा राखिएको च्यात्तिएको झन्डा फेरियो
धनगढी उपमहानगरपालिकाको टावर लाइटमा राखिएको झन्डा च्यात्तिएपछि अहिले फेरिएको छ ।अघिल्लो वर्ष फागुन ९ मा निर्माण गरिएको टावर लाइटमा नेपालको झन्डा च्यात्तिएको अवस्थामा रहेको थियो ।
सर्वसाधरणले पनि वडा मुख्य चोकमा राखेको झन्डा च्यातिदा पनि उपमहानगरपालिकाले चासो नदिएको भन्दै आलोचना गरेका थिए । एमाले कैलालीका सचिव डेजी पाण्डेले त च्यात्तिएको झन्डाको फोटो र भिडियो सामाजिक सञ्जालमा राखेर व्यङ्ग मात्रै गरेनन् तत्काल झन्डा फेर्न उपप्रमुख कन्दकला रानालाई फोनबाट पनि आग्रह गरे ।
त्यस लगत्तै उप प्रमुख रानाले यस बिषयमा चासो दिइन् उपप्रमुखले च्यात्तिएको झन्डा हटाएर नयाँ राख्न निर्देशन दिएपछि आफूले नयाँ झन्डा राखेको वडा नम्बर ८ का वडा सदस्य सुरेन्द्र रानाले जानकारी दिए ।
२ साउन २०७९, सोमवार २२:१६ बजे प्रकाशित












