उन्नत समाज निर्माणका लागि धनगढीमा छलफल

उन्नत समाज निर्माणका लागि प्यारालिगलहरुको पहल भन्ने बिषयमा धनगढीमा छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार र सोमबार गरी २ दिन सम्म चलेको छलफल तथा अन्र्तक्रिया कार्यक्रममा महिलाहरुको क्षमता अभिबृद्धि, उन्नत समाज कसरी निर्माण गर्न सकिन्छ भनेर छलफल गरिएको हो ।

सिपीसिपीएनले कैलालीका बिभीन्न पालिकाहरुमा रहेका प्यारालिगलहरुसंग रहेर उन्नत समाज निर्माणका लागि काम गर्दै आएको छ । कैलालीको जोशीपुर गाउँपालिका सरु श्रेष्ठले अझै समाजमा समानता भइनसकेको बताएकी छन् । उनले समाजमा थुर्पै रुढिबादी सोचका कारण समाज परिवर्तन नभएको बताएकी हुन् । यस्तै समाज निर्माणका लागि सबै समान हुन आवस्यक रहेको जानकी गाउँपालिकामाया बिकले बताइन् । उनी जस्तै बर्दगोरिया गाउँपालिकाका करिष्मा चौधरीले पनि केही समानता भइसकेको भएपनि समाजमा अझै धेरै समस्या समाधान हुन जरुरी रहेको बताएकी छन् । उनले अझै समाजमा शिक्षा, स्वास्थ्य रोजगारीमा महिलाहरुको सहभागिता न्युन रहेको बताएकी थिइन् ।

No description available.

यस्तै कार्यक्रममा बोल्दै भजनी नगरपालिका सिता रानी चौधरीले महिलाहरुलाई शिक्षा र रोजगारी अवसर मिल्न सकेमा समाज आफै परिवर्त हुने बताएकी छन् ।

यस्तै धनगढीका मनीषा श्रेष्ठले आफुलाई परेका समस्यालाई बाहीर ल्याउन सक्नु पर्ने बताएकी छन् । धेरैले आफ्ना समस्याहरुलाई बाहीर ल्याउन नसक्दा पनि अपराध तथा हिंसाहरु बढ्दै गएको बताइन् ।
कार्यक्रमको सहजीकरण महिला अधिकारकर्मी गोमा आचार्यले गरेकी हुन् । उनले नेपालको संबिधान, मानव अधिकार, कानुनी ब्यवस्था, महिलाका अधिकार तथा सामाजिक संरचनाका बिषयमा छलफल गरिन् । कार्यक्रम सिपीसिपीएनका अध्यक्ष रमा भट्टराईको अध्क्षतामा गरिएको हो ।


२ साउन २०७९, सोमवार २२:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु