‘पशुपतिनाथमा जलहरी राख्‍दा ११ किलो सुन नै गायब’

पशुपति क्षेत्र विकास कोषका तत्कालीन पदाधिकारीहरूले पशुपति मन्दिरमा सुनको जलहरी राख्दा ११ किलो सुन नै गायब पारेको तथ्य महालेखा परिक्षकको प्रवेदनले सार्वजनिक गरेको छ ।

महालेखाको ५९ औँ प्रतिवेदनमा जलहरी राख्दा १० किलो ९ सय ६७ ग्राम सुन गायब भएको उल्लेख छ । त्यसबेलाको मूल्यअनुसार उक्त सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार रुपैयाँ बराबरको रहेको प्रतिवेदनमा भनिएको छ । जलहरी राख्ने समयमा कोषले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा रुपैयाँ खरिद गरेको थियो ।

सुनमा अन्य धातु र रसायनको मिश्रण, तामा २ किलो ८ सय ९० ग्राम, चाँदी १ किलो २ सय ४९ ग्राम, जिंक १२ किलो ७ सय ५० ग्रामसमेत प्रयोग गरी १ सय ७ किलो ४ सय ९० ग्राम सुन कायम रहेको उल्लेख गरिएको थियो ।


३२ असार २०७९, शनिवार १३:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु