जसपाका दुई केन्द्रीय, एक प्रदेश सदस्यसहित ६९ जनाले गरे पार्टी परित्याग

जनता समाजवादी पार्टी (जसपा)का दुई केन्द्रीय, एक प्रदेश सदस्यसहित ६९ जनाले पार्टी परित्याग गरेका छन्।

वीरगञ्जमा आज पत्रकार सम्मेलन गरी उनीहरूले पार्टी परित्याग गरेको जानकारी दिए।

पार्टीमा लामो समयदेखि आबद्ध रहेका केन्द्रीय सदस्यद्वय वीरेन्द्रप्रसाद यादव र टेकबहादुर शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद लगायतले जसपा परित्याग गरेका हुन्।

यस्तै, पार्टीका पर्सा क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष लालबाबु साह, जिल्ला सदस्य कृष्ण मोहन यादव, जिरा भवानी गाउँपालिका संयोजक रजबली यादव,ठोरी गाउँपालिका संयोजक रामबहादुर पाख्रिनले जसपा परित्याग गरेका छन्।

स्वेच्छा र एकलौटी तरिकाले पार्टी सञ्चालन भएको, देश र जनताको हितमा काम गर्न नसकेकोले पार्टी परित्याग गरेको केन्द्रीय सदस्य वीरेन्द्रप्रसाद यादवले जानकारी दिए।

 

 


३२ असार २०७९, शनिवार १३:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु