punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतको नैनीतालमा नदीमा कार खस्यो, नौ जनाको मृत्यु

Chaupati
safha napa

भारतको नैनीतालको ढेला नदीमा कार खस्दा पञ्जाबका नौ जना पर्यटकको मृत्यु भएको छ। दुर्घटनामा एक बालिका घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।

डीआईजी नीलेश आनन्द भर्नेका अनुसार घटना रामनगरमा भएको हो। दुर्घटनामा घाइते भएकी बालिकालाई रामनगर अस्पतालमा भर्ना गरिएको छ।

दुर्घटनामा परी मृत्यु भएका चार जनाको शव फेला परेको छ भने पाँच जनाको शव अझै भेटिएको छैन। उक्त घटनाप्रति उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले गहिरो दुःख व्यक्त गरेका छन्।

उनले भने, ‘अत्यधिक पानीको बहावमा रामनगरको ढेला खोलामा कार बगाउँदा कार सवारको मृत्यु भएको दुःखद खबर प्राप्त भएको छ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँको चरणमा स्थान प्रदान गरुन् भनी भगवानसँग प्रार्थना गर्दछु। शोक सन्तप्त परिवारप्रति समवेदना छ। कारमा सवार अन्यको उद्धारका लागि स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ।


२४ असार २०७९, शुक्रवार १२:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु